The Largest Online Magazine for Nepali Youth : Nepali Literature and More
 

H O M E

 
 
Web
 
| Past Issue |

Largest Nepali Emagazine for Nepali Youth : Nepali Literature & more

Issue 50 - Bhadra, 2065 

मासीक फल

मेष:

यो राशिको मानिसलाई यो महिना अति उत्तम छ। शरीरमा शक्तिको विकास हुनेछ। जोश जाँगर बढ्नेछ। आफ्नै बुद्धि विवेकद्वारा शत्रु पराजीत हुनेछन्। पारिवारिक सुख मिल्नेछ। नोकरी चाकरी र राजनैतीक व्यक्तिको लागि पद प्राप्ति एवं पदोन्नतिको योग छ। व्यापार, पत्रकारिता, कानूनव्यवसायी र कन्सल्टेन्सी स्वतन्त्र व्यवसायीको लागि यो महिनाले मिलन गराउनेछ। यो महिनामा त्रिशंकु भगवानको सम्झना गरे ईच्छित फल प्राप्त हुनेछ। 

वृष:

तपाईको लागि यो महिना विविध सौगात लिएर तपाईको घर दैलोमा आइपुगेकोछ। रोगवाट मुक्ति मिल्ने, नयाँ शक्तिको विकाश हुने, नयाँ जोस, जाँगर बढ्ने, गुमेको आत्मशक्तिको प्रादुर्भाव भइ नयाँ आयामको विकाश हुनेछछ। धातुजन्य व्यापारवाट राम्रो फाइदा हुने। धार्मिक, आध्यात्मिक क्षेत्रमा मन लाग्ने, गृह निर्माण र जमिन प्राप्त हुने योग पनि छ। दाजुभाई र अन्य मित्रजनवाट सहयोग प्राप्त हुनेछ। प्रेम प्रसंग सुदृढ हुनेछ। राजनीतिमा सफलता, शिक्षामा सक्रियता बढ्ने अन्य सामान्य छ। कुमार गणेशको मंगलवार पूजा गरे फल मिल्नेछ।

 मिथुन:

पाप ग्रह स्वगृहि भएको हुनाले यो महिना त्यति उत्तम छैन। हड्डि र मांसपेसी दुख्ने रोगले सताउनेछ। शारीरिक दुर्वलता नैराश्यता र नकारात्मक सोच बढ्नेछ। काम गर्ने क्षमतामा ह्रास, क्षमतामा फेरबदल। कार्यक्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा, खराव व्यक्तिवाट आक्रमण हुनसक्ने सम्भावना, प्रेम प्रसंगमा समझदारी टुट्ने र अनावश्यक झमेला आइलाग्ने । समष्‍टिमा यो महिनाले तपाईको आत्मसम्मानमा आघात पुर्‍याउने देखिन्छ। किर्तिभैरवको पूजा गरे केहि राम्रो होला।

 कर्कट:

यो महिना खानपानमा जोगिन पर्ला, पेट दुख्ने, आँखा दुख्ने र ज्वरो आउने रोगले आक्रमण गर्नसक्नेछ। आय भन्दा खर्च बढी हुने। मित्र वर्ग टेडिने, ब्यवसायमा अस्वभाविक प्रतिष्पर्धा भइ घाटालाग्ने। मनमा अनैतिक विचारले प्रवेश पाउने मन एकाग्रता नहुने, अनिद्रा र असहिष्णुले जरो गाड्ने हुनसक्ला। समयमै प्राणायम गर्ने र परेमेश्वरको ध्यान  गरे मनमा शान्ति मिल्नेछ।

 सिंह:

यो महिना उत्तम छ। रोग-व्याधि, बाधा अड्चन र हरेकप्राकारका समस्या र चुनौतिवाट मुक्त हुने महिना हो। जीवनशैलीमा नयाँ आयाम थपिने, मानसिक क्षमता र शारीरिक सवलतामा वृद्धि। मनको विकृतिवाट मुक्ति, असल सोचको विकास हुनेछ। कर्मचारीको पदोन्नति हुने। वेरोजगारी भए रोजगार मिल्ने। मित्रजनवाट अनपेक्षित सहयोग प्राप्त हुने। युवाहरुको लागि प्रेम प्रसङ्ग गाँसिने प्रवल सम्भावना। अन्य परमेश्वरको कृपा।

 कन्या:

समयले राम्रो साथ दिनेछ। झिना मसिना समस्या रोगव्याधि भए सवै नष्‍ट हुनेछन्। तपाईको जीवन चक्रमा नयाँ आयाम थपिनेछ। वैचारिक क्षमतामा वृद्धि हुनेछ् उच्च सम्मानीत व्यक्तित्वबाट सहयोग प्राप्त होला। जुनसुकै व्यापार गरेपनि नाफा राम्रै होला। मान, सम्मान, गौरव यस किर्ति बढ्ने योग छ। राजकाज सम्वन्धि कार्य भए सफलता हात लाग्नेछ। रोजगारीको अवसर मिल्नेछ। धार्मीक, सामाजिक, राजनैतिक, शैक्षिक सकृयतामा बृद्धि, परिक्षामा प्रतियोगितामा समेत सफलता हात लाग्नेछ। विपरितलिङ्गीसँग प्रगाढ मित्रता गाँसिने । प्रेममा सफलता। अरु भाग्यकै भरमा छोडौं।

तुला:

यो महिना अत्यन्तै राम्रो फलदायी मानिन्छ। शरीरमा प्रतिरोध शक्ति वढ्नाले रोगव्याधिवाट मुक्ति पाइने। धातु सम्वन्धि व्यापार गरे राम्रो मुनाफा प्राप्त हुने। तपाईको सहास उत्साहको बृद्धि हुने र व्यक्तित्व विकास हुने। झैझगडाको टुंगो लाग्ने। मित्रवर्गको सहयोग प्राप्तहुने। विदेश यात्राको अवसर मिल्ने। शैक्षिक क्षेत्रमा सफलता हात लाग्ने। मांगलिक आयोजना हुने। सामाजिक सक्रियता बहने। अरु पशुपतिनाथको कृपा।

 वृश्चिक:

यो महिना फलदायी छैन। मानसिक विकार बढ्ने र पेट दुख्ने सम्भावना। ज्वरो, रुघाखोकि, ब्लडप्रेसर, छातीसम्वन्धि रोग आदिले दुख देला। शनिको पूजा गर्नुहोला। आयको तुलनामा खर्च बढि हुनाले आर्थिक पक्ष कमजोर हुने देखिन्छ। असामाजिक तत्ववाट प्रतिष्ठामा आँच पुग्नसक्छ। प्रेममा धोखा हुनेछ। शनिवार पिपलको पूजा गरे राम्रो होला। अरु भाग्यमा छोडौं।

 धनु:

यो महिना लाभप्रद छैन। विभिन्न रोगले आक्रमण गर्ला। जग्गा सम्वन्धि झगडा बढ्नेछ। घरेलु समस्याले पिरोल्नेछ। सम्पूर्ण क्षेत्रमा असफलता मात्र हुने। महिनाको उत्तरार्धमा भने केहि शुभलक्षणहरु देखापर्छन्। भगवान शेषनारायणको आराधना गरे अनिष्ठ ग्रहहरु शान्त भई तपाईको उन्नतिमा सहायक बन्नेछन्। अरु परमेश्वरको जिम्मा।

मकर:

ग्रह गोचर राम्रो छ । रोगवाट मुक्ति मिल्नेछ। शारीरिक क्षमता बढ्नेछ। नयाँ शक्तिको विकास हुनेछ। महत्वपूर्ण कार्ययोजना पूराहुनेछ। विवादित प्रसंग टुङ्गिनेछ। समष्‍टी कार्ययोजना सफल हुने। कतिपयलाई मोटरसाइकल, कार जस्ता बहान आदि उपहार पर्ने। विद्यार्थी वर्गलाई समयले साथ दिने। नायक नायिकालाई सुअवसर प्राप्तहुने। प्रेमी प्रेमीका विच सहयोगको आदानप्रदान हुने। अन्य सम्पूर्ण क्षेत्रमा सफल हुने देखिन्छ।

 कुम्भ:

यो महिना त्यति राम्रो फलदायि छैन। पित्तविकारवाट बिभिन्न रोगको प्रादुर्भाव भई उपचारमा बढी खर्च गर्नुपर्ला। मानसिक असन्तुलन सम्म हुनसक्नेछ। बोलिचालिमा पनि रुखो शब्द निस्कनेछन्। प्रयास अनुसार सफलता मिल्ने जस्तो छैन। शरीर निस्तेज हुनाले कार्यक्षमता घट्नेछ। व्यापार व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नबढ्ला भन्न सकिन्न। घरायसि समस्याले सताउनेछ। अरु भाग्यमा निर्भर।

मीन:

समय त्यति राम्रो छैन। जरो आउने, पेट दुख्‍ने, पिसाव पोल्ने आदि रोगले सताउन सक्छ। खानपान र रहनसहनमा ध्यान पुर्‍याउनुहोला। कामकाजमा उदासिनता बढ्नेछ। अचानक संकट आइपर्छ, यात्रामा धोखा पाइनेछ। परिवारमा त्यति शान्ति नहुने। धन सम्पत्तिको विवाद बढ्ने। महिनाको उत्तरार्धमा केहि सुधार आउनाले मेलमिलापको वातावरण बन्नेछ।

ज्योतिष: पं श्री जगदीश मिश्र

HOME | ABOUT US | ADVERTISEMENT RATES | COMMENT BOX

©CopyRight Nepali Youth Society (NYS). Send your queries and feedback - tannerimail@gmail.com